कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ सेवा सञ्चालन

<p>काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबार सिराहा जिल्लाको लक्ष्मीपुर पतारी-४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका-४ स्थित बिना रेमिटेन्सलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । लक्ष्मीपुर पतारीका मेयर रामवलव साह, वडाध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबार सिराहा जिल्लाको लक्ष्मीपुर पतारी-४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिका-४ स्थित बिना रेमिटेन्सलाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

लक्ष्मीपुर पतारीका मेयर रामवलव साह, वडाध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा आरम्भ गरेका हुन् ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

Share News