गभर्नरको रिटमाथि आज पनि सकिएन सुनुवाइ, शुक्रबार पुन: बोलाइयो

<p>काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज हेर्दाहेर्दैमा सकिएको छ । गत मंगलबार गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पछि आजसम्मका लागि स्थगित भएको मुद्दा आज पनि बहस नसकिएको हो । आज सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलबारदेखि जारी सुनुवाइ [&hellip;]</p>

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिट आज हेर्दाहेर्दैमा सकिएको छ । गत मंगलबार गभर्नर अधिकारीको तर्फबाट १३ वकिलले बहस गरे पछि आजसम्मका लागि स्थगित भएको मुद्दा आज पनि बहस नसकिएको हो ।

आज सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । न्यायाधीश सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा मंगलबारदेखि जारी सुनुवाइ आज पनि हेर्दाहेर्दैमा सकिएको हो ।

आज १२ घण्टासम्म १३ वकिलले बहस गर्दा पनि नसकिएपछि शुक्रबारसम्मका लागि स्थगित भएको हो । शुक्रबार बिहान ११ बजेदेखि पुन: बहस हुने स‍र्वोच्चले जनाएको छ ।

गत चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको थियो । सरकारले छानबिन समिति बनाएसँगै गभर्नर स्वतः निलम्बनमा परेका थिए ।

सरकारको निर्णयविरुद्ध गत वैशाख ५ गते सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै उनले रिट निवेदन दर्ता गर्न गएका थिए ।

चैत ६ गते सर्वोच्च अदालतले गभर्नर अधिकारीको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने गत मंगलबारदेखि दुवै पक्षका वकिलले बहस गरिरहेका छन् ।

Share News