कास्कीको बगरमा बैंक अफ काठमाण्डुको नयाँ शाखा

<p>कास्की । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका-१, बगरस्थित बगर शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध [&hellip;]</p>

कास्की । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरा महानगरपालिका-१, बगरस्थित बगर शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

उक्त औपचारिक कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरू उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालय, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाटबैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

Share News