‘सरकार बाह्य शक्तिबाट परिचालन भयो’

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिक उत्सवमा सहभागी राष्ट्र बैंकका कर्मचारी संघ/संगठनका प्रमुखहरूले नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हुँदाहुँदै बाह्य हस्तक्षेप बढेको र नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । साथै, पछिल्लो समय राष्ट्र बैंकबारे देखिएको अमर्यादित गतिविधीबारे पनि उनीहरूले चासो [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६७औं वार्षिक उत्सवमा सहभागी राष्ट्र बैंकका कर्मचारी संघ/संगठनका प्रमुखहरूले नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हुँदाहुँदै बाह्य हस्तक्षेप बढेको र नेपालको अर्थतन्त्र बिग्रँदो रहेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

साथै, पछिल्लो समय राष्ट्र बैंकबारे देखिएको अमर्यादित गतिविधीबारे पनि उनीहरूले चासो राखेका छन् । बुधबार भएको राष्ट्र बैंकको ६७औं वार्षिकोत्सवमा बोल्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशमबहादुर बल्छौडीले सरकार र राष्ट्र बैंकबीच समन्वय हुन नसक्दा समस्या भएको बताए ।

उनका अनुसार निक्षेपकर्ताबाट उठेको निक्षेप हुनेखानेहरूमा जाने गरेको छ भने अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न राष्ट्र बैंकले भूमिका खेल्नुपर्ने हुन्छ ।

सरोकारवालासँग राष्ट्र बैंकले समन्वय गर्नुपर्ने यता नेपाल वित्तीय कर्मचारी संघका अध्यक्ष राजिव रेग्मीले बताएका छन् । गभर्नर अधिकारीमाथि भएकाे पछिल्लो घटनाक्रमबारे स्मरण गराउँदै उनले राष्ट्र बैंकमा अस्थिरता हुन नहुने धारणा राखे ।

साथै साथै नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकबाट गोप्य सूचनाहरु चुहाएको आरोप लगाएका छन् । राष्ट्र बैंकको वार्षिकोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । उनले गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर, अदालतले न्याय दिएको उनको भनाइ छ ।

Share News