काठमाडौं । चालु आर्थिक वर्षमा १०० अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ ।
बैंक/वित्तीय संस्थाहरूका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्दै आएको कर्पोरेटले उक्त कारोबार गर्न सफल भएको हो ।
हाल ४८ बैंक वित्तीय संस्थाहरूमार्फत् उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ३,६०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आवद्ध भई कारोबार गर्दै आएको छ ऽ
यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरू गर्न सकिन्छ । यसको प्रयोगले व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानीको पूर्वाधरमा जोड्न र डिजिटल भुक्तानी क्षेत्रलाई थप प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कम्पनीले अपेक्षा गरेको छ ।