नयाँ वर्षमा अनलाईन शपिङ गर्दा मेगा बैंकका ग्राहकहरूलाई छुट

<p>काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मेगा बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् । मेगा बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक [&hellip;]</p>

काठमाडौं । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा मेगा बैंकका ग्नाहकहरूले विशेष छुट पाउने भएका छन् ।

मेगा बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँ सम्मको छुट र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा एक हजार ५०० रुपैयाँ सम्मको छुट प्राप्त गर्नेछन् ।

उक्त छुट प्रप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । त्यसको लागि बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सहज रुपमा सक्रिय गर्न सकिने बैंकले जनाएको छ ।

नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले मेगा बैंकले यो सम्झौता गरेको हो ।

मेगा बैंकले डिजिटल बैंकिङ अन्तरगत नगदबिहीन कारोबारलाई बढवा दिने सरकारको नीतिलाई प्राथमिकतामा राख्दै आएको छ ।

Share News