काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुनसम्मत भएको बताएका छन् ।
सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘ शर्माले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन कानुनसम्मत भएको हो, राष्ट्र बैंक ऐन अनुसार मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो, जाँचबुझ समिति बनाइएको छ, त्यो समितिलाई ्काम गर्न दियो भने सबै कुरा बाहिर आउँछ ।’