
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षित सामाग्री वितरण गरेको छ ।
बेलकोटगढी नगरपालिकाको कल्याणिदेवि माध्यामिक विद्यालयका ६० जना, बागेश्वरी प्राथमिक विद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटारस्थित शुलक्षणा माध्यमिक विद्यालयका १०८ जना विद्यार्थीहरू लाभान्वित भएका थिए ।
त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँस्थित भुवनेश्वरी आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरूलाई प्रति विद्यार्थी एक दर्जन कापी, पेन्सिल र झोला वितरण गरिएको हो।
“कम आयस्रोत भएका बालबालिकाहरुको मनोबल बढाउनुका साथै ग्राहक, समाज र संस्थाबीच आत्मीय सम्बन्धमा बढावाका लागि वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।
संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।
मेरोमाइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।