घान्द्रुकमा ज्योति विकास बैंकको पहिलो एटीएम

<p>काठमाडौं । ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुक (कास्कीमा) पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको आईतबार घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको जनाएको छ । अन्नपुर्ण गाउँपालिका वडा नं १० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले पर्यटकीय स्थल घान्द्रुक (कास्कीमा) पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको आईतबार घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको जनाएको छ ।

अन्नपुर्ण गाउँपालिका वडा नं १० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन गरेका हुन । एटीएम बुथ उद्धघाटन कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम लगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

Share News