काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकाे रोल्पामा शाखा उद्घाटन भएकाे छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, तालिम विभाग प्रमुख कुबेर पाठक लागायतले रोल्पा शाखाको उद्घाटन गरे।
शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए । उनले सिटिजन लाईफ इन्सुरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए । ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो ।’
शुभारम्भ कार्यक्रममा बोल्दै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए । उनले इन्स्योरेन्सहरु कम्पनीहरुले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियान कै रुपमा लाग्नु पर्नेमा जोड दिए ।
कम्पनीकाे उक्त शाखा गत चैत्रदेखि संचालनमा रहेको भए पनि औपचारिक शुभारम्भ भने आईतबार गरिएको हाे ।