हरेक आइतबार दराजमा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट

<p>काठमाडाैं । आइएमई पे र दराजबीच सम्झौता भएको छ । सम्झौतामा &#8216;आइएमई पे&#8217; को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ जसमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने छन । प्रयोगकर्ताहरुलाई आइएमई [&hellip;]</p>

काठमाडाैं । आइएमई पे र दराजबीच सम्झौता भएको छ । सम्झौतामा ‘आइएमई पे’ को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ जसमा आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने छन ।

प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

हरेक आइतबार वालेट डेको शुरुवात गरिएको उपलक्ष्यमा बोल्दै दराजका भुक्तानी र साझेदारी प्रमुख अरुण फुँयालले दराजमा आइएमई पे एप मार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताए ।

Share News