काठमाडौं । आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफरमा २ जनाले चन्द्रागिरी रिसोर्टको आकर्षक प्याकेज जितेका छन् । उनीहरुले आफु र आफ्ने एकजना प्रियजनको लागि एक रात दुई दिनको चन्द्रगिरी रिसोर्टको आकर्षक प्याकेज जितेका हुन् ।
आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गर्ने काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङले सो प्याकेज जितेका हुन् ।
४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२ सम्म रहेको उक्त अफरका विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको कम्पनीले जानकारी दिएको छ ।