ललितपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले सातौं एटीएम ललितपुरको ठैंबमा सचालनमा ल्याएको छ । सहकारी विभागका रजिष्टार झलकराम अधिकारीले सोमबार एक कार्यक्रमबीच उक्त एटीएम सेवाको शुभारम्भ गरेका हुन् ।
उदघाटन कार्यमका विभागका रजिष्टार अधिकारीले सहकारी संस्थाहरुलाई पनि पेपरलेश (कागजविहीन) बनाएर प्रविधिमा आधारित सहकारी संस्था बनाउनुपर्ने बताए । सहकारीको अर्थ सहकार्य भएको भन्दै उनले सहकारी संस्थाहरुले सर्वशुभल रुपमा स्थानीय जनतालाई सेवा दिनुपर्ने बताए ।
यस सहकारीकाे एटीएम सेवाहरु उपत्यकासहित उपत्यकाबाहिरका पोखरा, बाँंके, सुर्खेत, डोटीमा उपलब्ध छ । शिव शिखर बहुउद्देश्यीय सहकारीको मुख्य कार्यालय कौशलटार भक्तपुरमा रहेको छ ।