काठमाडाैं । प्रभु क्यापिटलले यस वर्ष पनि ग्राहकहरुलाई आवश्यकतलाई मध्यनजर गर्दै विन्टर अफर ल्याएको छ ।
यस अफर अन्तर्गत डिम्याट खाता खोल्न चाहने ग्राहकहरुले प्रभु क्यापिटलमा माघ १८ गतेदेखि चैत्र १७ भित्र डिम्याट खाता खोल्दा २ वर्षको लागि फ्रि डिम्यट र मेरो सेयर सहितकाे सुविधा पाउनेछन् ।
घरमै बसीबसी अनलाइन माध्यमबाट प्रभु क्यापिटलको मोबाइल एप तथा वेबसाइटबाट र भौतिक रुपमा प्रभु बैंकको देशभरी रहेका कुनै पनि शाखा वा प्रभु क्यापिटलको कार्यालय कमलादीमा गइ डिम्याट खाता खोल्न सकिन्छ ।
करिब ६ महिना पछि प्राथमिक शेयरहरु धमाधम निष्काशनको तयारीमा रहेको र आइपिओमा तथा दोश्रो बजारमा लगानी गर्ने इच्छा भएका धेरै नेपालीहरुको अझै पनि डिम्याट खाता नभएको हुँदा यो योजना सञ्चालन गरिएको क्यापिटलले जनाएकाे छ ।