सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

<p>काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्राण्ड एम्बेसेडरमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकाल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध छन् । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै द्वय मदन कृष्ण श्रेष्ठ [&hellip;]</p>

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्राण्ड एम्बेसेडरमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकाल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध छन् ।

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन ।

सिटिजन लाइफले देशभरका १४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरु मार्फत ग्राहकलाई सेवा दिइरहेकाे छ ।

 

Share News