काठमाडाैं । न्यादी हाइड्रोपावरकाे १४औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिकाे सबै प्रस्तावहरु पारित गरेकाे छ ।
जसअनुसार संचालक समितिको प्रतिवेदन, आ.व. २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, लेखापरीक्षण समितिको सिफारिस वमोजिम आ.व. २०७८/७९ को लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने पारित भएकाे छ ।
साथसाथै संचालक समितिमा संचालकहरुको संख्या थप गरी सात जना पुर्याएर एक जना महिला संचालक सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निर्वाचित हुने व्यवस्थासहित कम्पनीको नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव लगायतका प्रस्तावहरु पनि सभाले पारित भएको छ ।
सञ्चालक समितिका अध्यक्ष ओम प्रकाश श्रेष्ठकाे अध्यक्षतामा सभा सम्पन्न भएकाे थियाे ।
यस कम्पनीले लमजुङ्ग जिल्लाको मर्स्याङदी गाउँपालिका स्थित न्यादी नदीमा निर्माण गरिरहेको ३० मे.वा.को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य जारी कोभिड १९ र यसका नयाँ भेरियन्टहरुका कारण प्रभावित भएकाे थियाे ।
सो प्रतिकुल प्रभावका बाबजुद आयोजनाको सिमित क्षमता निर्माण कार्यलाई निरन्तरता दिई हाल सबै निर्माण कार्यहरु सम्पन्न भई ड्राई टेष्टका कार्यहरु समेत सम्पन्न भएको छ।