खप्तड लघुवित्त दोश्रो वार्षिक साधारण सभा सम्पन्न, संचालन मुनाफा ३४ लाख पुग्याे

<p>काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्थाकाे दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र विशेष प्रस्ताव पारित गरेको छ । लघुवित्तकाे चालु आर्थिक वर्षको हालसम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र संचालन मुनाफा ३४ लाख [&hellip;]</p>

काठमाडाैं । खप्तड लघुवित्त वित्तीय संस्थाकाे दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुमन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन लगायत सामान्य प्रस्ताब र विशेष प्रस्ताव पारित गरेको छ ।

लघुवित्तकाे चालु आर्थिक वर्षको हालसम्ममा वित्तीय संस्थाको कुल लगानी रकम २१ करोड र संचालन मुनाफा ३४ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत बमले जानकारी दिएका छन् ।

साथै उनले यसै आर्थिक वर्षभित्रमा सुदुरपश्चिम प्रदेशभित्र थप शाखा स्थापना गरी विपन्न वर्गमा लघुवित्त वित्तीय सेवा, वित्तीय साक्षारता तथा उद्यमशिलता विस्तार गर्ने लक्ष्य रहेको बताए ।

संस्थाको सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयका का.मु. व्यवस्थापक सुशील ज्ञवाली रहेका थिए भने कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव सुरेश बहादुर बमले गरेका थिए ।

Share News