काठमाण्डौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी र ॐ शान्ति बचत तथा ऋण सहकारी एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ ।
शनिबार श्री उग्रतारा बहुउद्देयीय सहकारीको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमति पछि एकिकृत कारोबार सुरु गरिएको हाे ।
संयुक्त साधारण सभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङ्गको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताए ।
एकिकरण पश्चात संस्थाको विनियम पुर्नलेखन गर्ने, आन्तरीक नीतिहरु परीमार्जन गर्ने र सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सहकारी संघ संस्थालाई जारी गरिएको निर्देशन २०७४ बमोजिम संस्थाका सदस्यहरुको व्यक्तिगत विवरणहरु अध्यावधिक गर्ने कार्य गरिरहेको शर्माले बताए ।
अध्यक्ष शर्माले संस्थाको भावी कार्यक्रम र योजना अन्र्तगत समान प्रकृतिका संस्थाहरुसंग एकिकरण गर्ने, संस्थाको शेयर पूँजीको बृद्धि गरी ४ करोड पुर्याउने र निक्षेप वृद्धि गरी १४ करोड पुर्याउने र सदस्यहरुको वृद्धि गरी ४,५०० पुर्याउने लक्ष्य रहेकाे बताए । ।