युनिमनिबाट पैसा पठाउने १० जनाले आइफोन १३ र ३० जनाले सुन पाउने

<p>काठमाडौँ । युनिमनी एक्सचेन्जले युनिमनीको र्याफल ड्र क्याम्पियन गर्ने भएकाे छ । यसकाे लागि कम्पनीले आइएमइ पे सँग प्रमोसन पार्टनरको रुपमा सम्झौता गरेकाे छ । यस क्याम्पियन अन्तर्गत युनिमनि कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ र साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी [&hellip;]</p>

काठमाडौँ । युनिमनी एक्सचेन्जले युनिमनीको र्याफल ड्र क्याम्पियन गर्ने भएकाे छ । यसकाे लागि कम्पनीले आइएमइ पे सँग प्रमोसन पार्टनरको रुपमा सम्झौता गरेकाे छ ।

यस क्याम्पियन अन्तर्गत युनिमनि कतार मोबाइल वा युनिमनीको अफिसियल वेभसाइट मार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ र साथै ३० जना सेवाग्राहीहरुले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।

यस क्याम्पियनको अवधि १ जनावरी २०२२ देखि १४ मार्च २०२२ (१७ पुष देखि फागुन ३०) सम्म जम्मा ६९ दिनका लागि लागु हुने कम्पनीले जनाएकाे छ ।

विद्युतिय च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानिय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा छनोट हुने कम्पनीले जनाएकाे छ । उक्त क्याम्पियनमा २ वटा र्याफल ड्र गरी २ चोटी २०/२० जना गरेर तल  पुरस्कार पाउनेछन् ।

क्याम्पियनको बारेमा बोल्दै युनिमनी कतारका महाप्रबन्धक फ्लोयड जोनीले ग्राहकहरूको विश्वासको लागि पुरस्कृत गर्न डिजाइन गरिएको नयाँ क्याम्पियन घोषणा गर्न पाउँदा उत्साहित भएकाे बताए ।

 

Share News