काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स नेशनल पेमेन्ट स्वीच प्रणालीमा आवद्ध भएको छ । नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीच प्रणालीमा आवद्ध हुन एनसीएचएल र गुहेश्वरी मर्चेन्टबी सम्झौता भएको हो ।
उक्त सम्झौतामा मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र एनसीएचलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।