काठमाडौं । सेन्ट्रल फाईनान्सले आइतबारबाट ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय भवनबाट बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २४ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिँदै आएको छ ।
संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति पाएको संस्थाले छिट्टै नै आफ्ना बचतकर्ता÷ग्राहकहरुको लागि आफ्नै मोबाईल बैंकिङ्ग एप मार्फत मोबाईल बैंकिङ्ग सेवा सञ्चालन गर्दैछ ।
चुक्ता पूंजी ८८ करोड १० लाख रहेको यस संस्थाले ५ अर्ब ८४ करोड ८१ हजार निक्षेप संकलन गरी ४ अर्ब ९३ करोड ९५ लाख ८६ हजार कर्जा प्रवाह गरेको छ ।
ललितपुरको कुपण्डोल कानदेवस्थानस्थित संस्थाको नवनिर्मित केन्द्रीय कार्यालय भवन सहित काठमाडौंको चाबहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, सर्लाहीको लालबन्दी, धनुषाको जनकपुर, सुनसरीको इटहरी गरी १४ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ ।
संस्थाले छिट्टै नै झापाको बिर्तामोडमा पनि नयां शाखा थप गर्न लागेको जनाएको छ ।