सांग्रिला डेभलपमेन्ट बैंकद्वारा खेलकुद विकासको लागि सहयोग

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल एपीएम टेबल टेनिस क्लबबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले क्लबले आयोजना गर्न लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताकाे मुख्य प्रायोजक भएर काम गर्नेछ । उक्त प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ । उक्त प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुरमा हुनेछ । प्रतियोगितामा ३२० खेलाडी सहभागि हुनेछन् । [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल एपीएम टेबल टेनिस क्लबबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले क्लबले आयोजना गर्न लागेको प्रथम नेपाल एपीएम खुल्ला टेबल टेनिस प्रतियोगिताकाे मुख्य प्रायोजक भएर काम गर्नेछ । उक्त प्रतियोगिताको सहयात्री सिओम टेबल टेनिस रहेको छ ।

उक्त प्रतियोगिता पुष १ देखि ३ सम्म भैसीपाटि ललितपुरमा हुनेछ । प्रतियोगितामा ३२० खेलाडी सहभागि हुनेछन् । सहभागी हुने खेलाडी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोलीसगै स्थानीय क्लबका पनि हुने बैंकले जनाएको छ ।

साग्रिला डेभलपमेन्ट बैंकले नेपालको खेलकुद विकासको लागि नयाँ सुरुवात गरेको जनाएको छ ।

Share News