काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ईसेवामनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअन्तर्गत अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी हुनेछ ।
योसँगैं संसारका २०० बढी मुलुकमा कारोवार विस्तार गरिरहेको ईसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामाप्राप्त गर्न सक्नेछन् र आर।बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ईसेवामनी ट्रान्सफर मार्फत नेपालभरी रहेका ईसेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउन सक्नेछन् ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट ईसेवामनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरी रहेका १० हजार ईसेवामनी ट्रान्सफरका क्यास पिक–अप काउन्टरहरुबाट पनि भुक्तानी गर्न सकिनेछ ।
बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २५६ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।