काठमाडौं । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले फेरि आइफोन जित्ने अफर ल्याएको छ । मंसिर १९ बाट सुरु भएको यस अफर माघ १ गतेसम्म लागु हुनेछ ।
प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र ५० रुपैयााको रिचार्ज गर्नुपर्ने छ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ । जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन् ।
यसरी यसमा सहभागी एक जना विजेताले आइफोन १३ पाउनुहुनेछ । साथै दैनिक एक जना भाग्ग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउनुहुनेछ । खल्ती एपको केवाईसी भेरिफाइड भएको अवस्थामा यस क्याम्पेनमा भाग लिन योग्य भइनेछ ।
यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ुगत वर्ष हाम्रो आइफोन १२क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं । यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो ।ु
यस अफरको विजेता घोसणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिने खड्काले बताए ।