वेस्टर्न युनियनको क्यासउत्सवमा मस्तिका नेपालीले जितिन् ५ लाख

<p>काठमाडौं । वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत गरिएको उक्त क्यासउत्सव योजनाको विजेता मस्तिका नेपाली विक भएकी छिन् । विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका छन् [&hellip;]</p>

काठमाडौं । वेस्टर्न युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत गरिएको उक्त क्यासउत्सव योजनाको विजेता मस्तिका नेपाली विक भएकी छिन् ।

विकलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले २० हजार पनि जितिसकेका छन् ।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए।टि।टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

Share News