काठमाडाैं । नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम विस्तार गर्दै मन्जुश्री फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स्को तर्फबाट चिप एक्सपिरियन्स अफिसर प्रताप श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर सिमन श्रेष्ठ र मन्जुश्री फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला, आइ टि हेड सुनिल शाहीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता अनुसार मन्जुश्री फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।