काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा सरल र सहज रुपमा रकम स्थानान्तरण गर्ने सुविधाको लागि सांग्रिला रेमिटको नामबाट आफ्नै रेमिट सेवा संचालनमा ल्याएको छ ।
यस सेवा अन्तर्गत जुनसुकै नेपाली नागरिकले बैंकको जुनसुकै शाखा तथा एजेण्टकोमा गई नेपालभर आफ्नो इछ्याइएको व्यक्तिलाई सिधै रकम पठाउन तथा जुनसुकै बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्नेछन ।
बैंकले संचालनमा ल्याएको यस सेवा हाल आन्तरिक विप्रेषणको लागि रहेको र छिटै अन्तरास्ट्रिय रेमिट्यान्स सेवा समेत संचालनमा ल्याइने बैंकले जानकारी दिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेको १०४ शाखा तथा, ३१ एटिएममार्फत सेवा दिइरहेका छ ।