काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आइिपओ निष्काशन गर्नेकाे लागि शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेकाे छ ।
कम्पनीले ९६ लाख कित्ता शेयरको ९६ करोड बराबरको आइिपओ निष्काशनको शेयर प्रत्याभूतिकर्तामा काेषलाई नियुक्त गरेकाे हाे ।
उक्त हाइड्रोपावर कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध संचालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।
उक्त हाइड्रोपावरले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निश्काशन तथा विक्री प्रवन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।