स्वावलम्बन विकास केन्द्रको ३०‍ औं साधारणसभा सम्पन्न: शुन्य गरिबी, बेरोजगारी र कार्बन उत्सर्जनको कार्यनीति पारित

<p>काठमाडौं । स्वावलम्बन विकास केन्द्रको ३०&#x200d; औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले लघुवित्त कार्यक्रम मार्फत शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्बन उत्सर्जनको लागि सदस्य संस्था तथा सरोकारवालाहरु संग सहकार्य गरेर अघि बढ्ने कार्यनीति पारित गरेको छ । यसको साथै साधारणसभाले विगतका राम्रा कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा सामाजिक व्यवसाय प्रवर्धन तथा तीन जीरो [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन विकास केन्द्रको ३०‍ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले लघुवित्त कार्यक्रम मार्फत शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्बन उत्सर्जनको लागि सदस्य संस्था तथा सरोकारवालाहरु संग सहकार्य गरेर अघि बढ्ने कार्यनीति पारित गरेको छ ।

यसको साथै साधारणसभाले विगतका राम्रा कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा सामाजिक व्यवसाय प्रवर्धन तथा तीन जीरो क्लब गठनको अवधारणा समेत अघि बढाउने निर्णय गरेको छ ।

सभामा केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक वर्ष २०७७/७८को आयव्यय विवरण, कार्य प्रगति विवरण तथा २०७८/७९को प्रस्तावित कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुतिका क्रममा अध्यक्ष श्रेष्ठले आगामी दिनमा गरीब, विपन्न तथा पिछडिएका समुदाय र महिलाहरुको जिवनस्तर उकास्न लघुवित्त संस्था तथा लघुवित्तकर्मीहरु मिलेर सामाजिक व्यवसाय प्रवद्र्धनमा लाग्नु पर्ने, गरीब र विपन्न वर्ग लक्षित स्वास्थ्य सेवा शुरु गर्नु पर्ने र बेरोजगार युवावर्गलाई दक्ष तथा सिपालु बनाएर रोजगारीको लागि सक्षम बनाउने एउटा दक्ष जनशक्ति विकास केन्द्र स्थापना गर्ने बेला आएको धारणा राखेका थिए ।

केन्द्रले ३० वर्ष पुरा गरेको अवसरमा तयार पारेको विशेषांङ्कको विमोचन गरेको थियो । सभाले केन्द्रको लेखा परीक्षण सहितको, नीति तथा कार्यक्रम प्रतिवेदन ३०औं साधारणसभाबाट सर्वसम्मत रुपमा पारित गरेको छ ।

Share News