काठमाडौं । प्रभु क्यापिटल र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनबीच नेपालमा ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागी सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार प्रभु क्यापिटलले नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनसँग “दि पिंक रिबन क्याम्पेन” सञ्चालन गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहकार्य गर्नेछ ।
सम्झौतामा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली र नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका तर्फबाट डा. सुजिता हिराचनले हस्ताक्षर गरे ।
नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसन नेपालमा ब्रेष्ट क्यान्सर सम्बन्धी रोगको न्यूनीकरणका लागि कार्यरत गैरमुनाफामुखी संस्था हो । यसले ब्रेष्ट क्यान्सर न्यूनीकरणका लागि विभिन्न सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । फाउण्डेसनले ब्रेष्ट क्यान्सर न्यूनीकरण तथा चेतना अभिवृद्धिका लागि ‘वेयर दि पिंक रिबन क्याम्पेन’, ‘पिंक रिबन वाक’, ‘पिंक रिबन फ्लास मोब’, ‘ब्रेष्ट क्यान्सर स्क्रिनिङ्ग मेडिकल क्याम्प’, लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
सम्झौता अन्तर्गत प्रभु क्यापिटलले प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजनामा ग्राहकको लगानी व्यवस्थापन गरी क्यापिटलले आफूले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई सहयोग गर्नेछ ।
प्रभु ऐश्वर्य लगानी व्यवस्थापन योजना महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्दि«त गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग पु¥याउने उद्देश्यका साथ शुरु गरिएको योजना हो । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत छुट साथै न्यूनतम रु. ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् ।
यो योजनाका विशेषताहरु निम्नानुसार रहेको छ
न्यूनतम लगानी अवधिः १ वर्ष
हर्डल रेटः ८ प्रतिशत
वार्षिक व्यवस्थापन शुल्क (एएमसी)ः १ प्रतिशत ( ५० प्रतिशत छुट पछि )
मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
लक इन अवधिः १ वर्ष
लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात
क्यापिटलले प्राप्त गरेको आम्दानीबाट फाउण्डेसनलाई आर्थिक सहयोग
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट यो योजनामा सहभागी हुन सक्नेछन् । क्यापिटलकाे अनुसार यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइरहेकाे छ भनेर अनलाइनका साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ ।