आरएमडीसकाे ऋण विश्लेषण तालिम सम्पन्न

<p>काठमाडाैं । आरएमडीसी लघुवित्तकाे सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सम्पन्न भएकाे छ । नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा मंसिर १ र ३ गते उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये ७ जिल्लामा रहेका ३० वटा साझेदार संस्थाहरुका व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३० जना सहभागीहरुले भाग लिएका थिए । उक्त तालिममा [&hellip;]</p>

काठमाडाैं । आरएमडीसी लघुवित्तकाे सहकारीहरुका लागि ऋण व्यवस्थापन तालिम सम्पन्न भएकाे छ । नेपालगञ्जको होटल सिद्धार्थ भ्यूमा मंसिर १ र ३ गते उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।

तालिममा आरएमडीसीको कोहलपुर शाखाको कार्यक्षेत्र भित्र रहेका जिल्लाहरु मध्ये ७ जिल्लामा रहेका ३० वटा साझेदार संस्थाहरुका व्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३० जना सहभागीहरुले भाग लिएका थिए ।

उक्त तालिममा प्रशिक्षकको रुपमा आरएमडीसी लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापा रहेका थिए भने बरिष्ठ अधिकृत हिक्मत बहादुर बमले तालिममा सहजिकरण गरेका थिए ।

तालिममा सहकारी संस्थाहरुमा देखा पर्ने ऋण सम्बन्धी जोखिमहरु, सोको पहिचान, सोको न्यूनिकरण गर्ने उपायहरु र खराब कर्जाको प्रभाव न्यूनिकरण गर्ने उपायहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।

 

Share News