‘सिटी आयो लखपति बनायो’ योजनाकाे ५ विजेता घाेषणा

<p>काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले &#8216;सिटी आयो लखपति बनायो&#8217; योजना अन्तर्गत कार्तिक महिनाको पाँच विजेताको नाम सार्वजनिक गरेकाे छ । पाँच जना विजेताको नाम सार्वजनिक गरेसँगैं कम्पनीले उक्त याेजना समापन भएको पनि घाेषणा गरेकाे छ । &#8216;सिटी आयो लखपति बनायो&#8217; योजना अन्तर्गत ५ जनाले १/१ लाख रुपैयाँ जित्न सफल भएका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा [&hellip;]</p>

काठमाडाैं ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कार्तिक महिनाको पाँच विजेताको नाम सार्वजनिक गरेकाे छ । पाँच जना विजेताको नाम सार्वजनिक गरेसँगैं कम्पनीले उक्त याेजना समापन भएको पनि घाेषणा गरेकाे छ ।

‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत ५ जनाले १/१ लाख रुपैयाँ जित्न सफल भएका छन् । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे , मलेशियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिल बहादुर पुन साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन विजेता बनेका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो ।

 

Share News