काठमाडाैं । नुवाकोट जिल्लाबाट आ.व. २०७६/७७ मा सबैभन्दा धेरै कर बुझाउने संस्थाको रुपमा आशा लघुवित्त वित्तीय संस्था सम्मानित भएकाे छ ।
दशौं राष्ट्रीय कर दिवस २०७८ को अवसरमा प्रत्येक आर्थिक वर्षमा उत्कृष्ट करदातालाई सम्मान गर्ने क्रममा करदाता सेवा कार्यालय गल्छीबाट लघुवित्त सम्मानित भएकाे हाे ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।
हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ६७ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ भने संस्थाको हालसम्म करीब ४ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट १ अर्ब ४३ करोडभन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।