१० ‌औं वर्षमा मेरोमाइक्रोफाइनान्स, कर्जा लगानी १५ अर्बभन्दा बढी

<p>काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दशौ वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनाको नवौं वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ । देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहने गरी २०६९ [&hellip;]</p>

काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था दशौ वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनाको नवौं वर्ष पूरा गरी दशौ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले शुक्रवार एक अनौपचारीक कार्यक्रम गरी स्थापना दिवश मनाएको छ ।

देशका गणनीय ७ वटा बाणिज्य बैंक र १ विकास बैंकबाट संयुक्त रुपमा प्रवद्र्धन गरी नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहने गरी २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापना संस्थाले विभिन्न किसिमका बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ ।

संस्था सञ्चालनको पहिलो वर्षमा १५ शाखा कार्यालयमार्फत १४ हजारभन्दा बढी घरपरिवारहरुमा वित्तीय सेवा पुर्याएको संस्थाले नवौं वर्षमा आइपुग्दा देशको ६४ जिल्लामा १४९ शाखा सञ्जालमार्फत १ लाख ५० हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याउन सफल रहेको छ ।

त्यसैगरी संस्थाले हालसम्म २ अर्ब ७० करोड बराबर निक्षेप संकलन गरी १५ अर्ब ३० करोडभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

 

Share News