कांठमाडौं । मुक्तिनाथ क्यापिटलकाे हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । क्यापिटलको मंगलबार बसेको विशेष साधरणसभाले १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा साधरणसभा सम्पन्न भएको हो ।
हकप्रद सेयर निष्काशन गरे पश्चात् क्यापिटलको पुँजि वृद्धि भई ४० करोड ५० लाख पुग्नेछ ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक वर्षदेखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक वर्ष भित्र मुक्तिनाथ विकास बैंक कोष प्रवर्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको छ ।