काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशी सम्मानित भएका छन् । सीईओ जोशी ‘श्री कबी फुयाल विशेष सेवा सम्मान २०७८’ बाट सम्मानित भएका हुन् ।
जोशीले राष्ट्रिय सभाका अध्यक्ष गणेशराज तिमल्सिनाबाट उक्त सम्मान पाएका हुन् ।