गोर्खाज फाईनान्सको अध्यक्ष गौरव बुढाथोकीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

<p>काठमाडौं । गोर्खाज फाईनान्सको संचालक समितिका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष अध्यक्ष बुढाथोकीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । सो अवसरमा कार्यकारी निदेशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत तथा ग्रामिण क्षेत्रमा वित्तिय पहुँच अभिवृद्धि गर्न सुझाव दिए [&hellip;]</p>

काठमाडौं । गोर्खाज फाईनान्सको संचालक समितिका नवनियुक्त अध्यक्ष गौरव बुढाथोकीले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल समक्ष अध्यक्ष बुढाथोकीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

सो अवसरमा कार्यकारी निदेशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत तथा ग्रामिण क्षेत्रमा वित्तिय पहुँच अभिवृद्धि गर्न सुझाव दिए । संस्थाको कात्तिक १५ गते बसेको संचालक समितिको ४३१ औं बैठकले संचालक बुढाथोकीलाई आगामी ४ बर्ष कार्यकालको लागी अध्यक्ष पदमा चयन गरेको थियो ।

फाइनान्सले निसुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ्, एविविएस सेवा, चेक बुक, कनेक्ट आई।पि।एस। तथा रेमिटेन्स सेवा दिँदै आएको छ । हालसम्म फाइनान्सले मुख्य कार्यलय सहित २६ वटा शाखा कार्यलयहरु र एउटा एक्सटेन्सन काउन्टर गरी जम्मा २७ वटा कार्यलयहरुबाट सातै वटा प्रदेश मार्फत ग्राहकवर्गहरुलाई सेवा–सुविधा दिँदै आईरहेको छ ।

Share News