अब काठमाडाैं महानगरको कर कनेक्ट आईपीएसबाटै भुक्तानी गर्न मिल्ने

<p>काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सबै कर भुक्तानी कनेक्टआइपिएस मार्फत हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागी काठमाण्डौं महानगरपालिकालाई कनेक्टआइपिएसमा नबिल बैंक मार्फत आवद्ध गराइएको छ । यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सबै कर भुक्तानी कनेक्टआइपिएस मार्फत हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागी काठमाण्डौं महानगरपालिकालाई कनेक्टआइपिएसमा नबिल बैंक मार्फत आवद्ध गराइएको छ ।

यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अन्लाईन भुक्तानीको लागी कनेक्टआयपिएस इ पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोबाईल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ । यसरी आवद्ध गरी सके पछि करदाताले https://eservice.kathmandu.gov.np/मा गई आफ्नाे युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नोे बैंक खाताबाट कनेक्टआइपिएस मार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।

Share News