इसेवा र कतारको अलदार एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

<p>काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् । अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक [&hellip;]</p>

काठमाडौं । इसेवा मनी ट्रान्सफरले कतारको ख्यातीप्राप्त रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ ।

यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।

अबदेखि कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्ज मार्फत इवामनी ट्रान्सफरसँग आवद्ध नेपालका जुनसुकै बैंक खातामा र इसेवावालेटमा सहजै पैसा पठाउन सक्नेछन् ।

यसैगरि, अलदार एक्सचेन्जमार्फत पठाएको रकम इसेवामनि ट्रान्सफरको देशभर रहेका ८ हजार भन्दा बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिनेछ । साथै, अलदार एक्सचेन्जको एपबाट पनि चाँडैं इसेवामनी ट्रान्सफरको सेवा सुचारु हुने कम्पनीले जानकारी दिएको छ ।

Share News