सांग्रिला डेभलपमेन्ट बैंककाे ९ शाखामार्फत विभिन्न संस्थालाई सहयाेग

<p>काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ९ शाखा मार्फत आज विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ । बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज देशभर रहेको ९९ शाखा कार्यालयहरु मध्ये इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग [&hellip;]</p>

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ९ शाखा मार्फत आज विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको छ ।

बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै आज देशभर रहेको ९९ शाखा कार्यालयहरु मध्ये इटहरी, दार्चुला, वैतडी, गोरुसिंगे, वयलवास, मलेखु, अमरापुरी, भुमही र चावहिल शाखा कार्यालयहरुले विभिन्न संघ संस्थाहरुलाई सहयोग गरेको हो ।

इटहरी शाखा कार्यालयले वौद्धिक अपांगता भएका महिला तथा वालवालिकाहरु रहेको संस्था “माया घर” लाई खाद्यान्न वितरण गरेको थियो भने दार्चुला शाखा कार्यालयले दार्चुला जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण र स्थानीय समूदायमा सरसफाइ कार्यक्रम गरेको थियो । त्यस्तै बैतडी शाखा कार्यालयले राधाकृष्ण र उदयदेव मन्दिरमा सरसफाइ कार्यक्रम र गोरुसिंगे शाखा कार्यालयले स्थानीय समुदायमा सरसफाई गरेको थियो ।

चाबहिल शाखा कार्यालयले चाबहिल गणेशस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरी सामाजिक उत्तरदायित्व निर्वाह गरेको थियो । साथै, वयलवास शाखा कार्यालयले फुजोड मन्दिरमा सरसफाई र डस्टविन वितरण तथा मलेखु शाखा कार्यालयले भद्रकाली मन्दिरमा सरसफाई कार्यक्रम गरेकाे थियाे । बैंकको अमरापुरी शाखा कार्यालयले डस्टविन वितरण र भुमही शाखा कार्यालयले पवित्रा वृद्धाश्रमलाई खाद्यान्न वितरण गरेकाे थियाे ।

 

Share News