साधना लघुवित्तको शाखा काठमाडाैंमा पनि

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नाे शाखा काठमाडौंमा पनि सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नाे ९३ औं शाखा नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको हाे । उक्त शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका थिए । नयाँ शाखा संचालनमा आएसँगै संस्थाले काठमाडौं उपत्यककाबाट पनि [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नाे शाखा काठमाडौंमा पनि सञ्चालनमा ल्याएको छ । संस्थाले आफ्नाे ९३ औं शाखा नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा नयाँ शाखा सञ्चालनमा ल्याएको हाे ।

उक्त शनिबारका दिन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले सो शाखाको उद्घाटन गरेका थिए । नयाँ शाखा संचालनमा आएसँगै संस्थाले काठमाडौं उपत्यककाबाट पनि आफ्नाे वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५ प्रतिशत गरी जम्मा २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्तिक १३ गते पाँचौ वार्षिक साधारणसभा समेत डाकेको छ ।

राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा संचालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Share News