कात्तिक २५ गतेसम्म कनेक्ट आइपिएसबाट फण्ड ट्रान्सफर नि:शुल्क

<p>काठमाडौं । कनेक्ट आइपिएसले चाडवाडकाे उपलक्ष्यमा फण्ड ट्रान्सफरलाई नि:शुल्क बनाएकाे छ । दशैं, तिहार र छठकाे समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाईलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आइपिएस याे सेाव ल्याएकाे जानकारी दिएकाे छ । कम्पनीकाे अनुसार कनेक्ट आइपिएसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस फण्ड ट्रान्सफर र तथा कनेक्ट आइपिएस मार्फत [&hellip;]</p>

काठमाडौं । कनेक्ट आइपिएसले चाडवाडकाे उपलक्ष्यमा फण्ड ट्रान्सफरलाई नि:शुल्क बनाएकाे छ । दशैं, तिहार र छठकाे समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाईलबाट गरिने फण्ड ट्रान्स्फरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आइपिएस याे सेाव ल्याएकाे जानकारी दिएकाे छ ।

कम्पनीकाे अनुसार कनेक्ट आइपिएसको मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपिएस फण्ड ट्रान्सफर र तथा कनेक्ट आइपिएस मार्फत मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गते देखि कात्तिक २५ गते सम्म पूर्ण रुपमा नि:शुल्क गरिएको छ ।

फण्ड ट्रान्स्फर लगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याट्फर्मबाट गर्न सकिने यस कनेक्ट आइपिएसले गत आर्थिक वर्षमा १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) मा ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको जनाएकाे छ ।

हाल यस प्रणालीमा जम्मा ५४ बैंक वित्तिय संस्थाहरु आवद्ध रहेका छन् । १४ भन्दा बढी डिजिटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आइपिएसमार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सक्दछन् ।

कनेक्ट आइपिएसको मोबाईल एप मार्फत प्रति कारोबार १ लाख तथा प्रति दिन २ लाख सम्म कारोबार गर्न सकिन्छ भने मोबाईल बैंकिङ्गबाट फण्ड ट्रान्स्फरमा भने बैंक वित्तिय संस्थाले ५० हजार देखि २ लाखसम्म कारोबार सीमा प्रदान गरेको छ ।

Share News