काठमाडौं । जिएमइ रेमिटले अल्फरदान एक्सचेन्जसँगकाे सहकार्यमा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाका याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत युएई स्थित सम्पुर्ण नेपालीहरुले अल्फरदान एक्सचेन्जका ७० भन्दा बढी शाखाहरु मार्फत जिएमई रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली विजेता बन्न सक्नेछन् ।
यस योजना अन्तर्गत १ जना भाग्यशाली विजेताले मेगा पुरस्कार स्वरुप ५ लाख रुपैयाँ नगद उपहार र हरेक हप्ता विभिन्न आकर्षक उपहार (विद्युतिय सामाग्रीहरु) प्राप्त गर्नेछन् । यो योजना कात्तिक ४ गते सम्म कायम रहने जिएमइ रेमिटले जनाएकाे छ ।