युराेपकाे टेर्रो पेमेन्ट सर्भिसबाट सिटी एक्सप्रेसमा पैसा पठाउन सकिने

<p>काठमाडौं । युरोपको ख्यातिप्राप्त टेर्रो पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । याेसँगैं युरोपमा रहेका नेपालीहरुले &#8216;टेर्रो पे&#8217; को सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट उक्त भुक्तानी सजिलै लिन [&hellip;]</p>

काठमाडौं । युरोपको ख्यातिप्राप्त टेर्रो पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

याेसँगैं युरोपमा रहेका नेपालीहरुले ‘टेर्रो पे’ को सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँंग आवद्ध १२ हजारभन्दा बढि एजेन्टहरुबाट उक्त भुक्तानी सजिलै लिन सकिनुकाे साथै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेर्रो पे का तर्फबाट सह-संस्थापक अनि सेनले हस्ताक्षर गरेका छन् ।

 

Share News