काठमाडाैं । मञ्जुश्री फाईनान्सले थप ४ वटा शाखा कार्यालय विस्तार गरेकाे छ । फाइनान्सले रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवामा शाखा विस्तार गरेकाे हाे । साेसँगैं यस फाइनान्सकाे शाखा संख्या पन्ध्र पुगेकाे छ ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा र विरगंजमा ११ वटा शाखा रहेका थिए ।
२०७८ साल अषाढ मसान्तसम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको यस फाईनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरी ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोबाइल बैकिंङ्ग, इन्टरनेट बैकिंङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।