काठमाडाैं । खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।
यस अफर मार्फत खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली विजेताले मात्र १ मा उडान टिकट प्राप्त गर्नेछ । खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र १ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ ।
उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।
यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ ।
डिजिटल भुक्तानी मार्फत दशैँको समयमा टिकट काट्न घण्टौ लाइनमा बस्न पर्ने झन्झटबाट मुक्त गर्ने साथै भारी क्यासब्याक दिई ग्राहकलाई सुलभ मूल्यमा टिकट पनि उपलब्ध गराउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको खल्ती डिजिटल वालेट का सहायक प्रबन्धक सौरभ ओझाले बताए ।