इसेवाबाट नेपाल लाइफको बीमा शुल्क तिर्दा क्यासब्याक, हरेक महिना आइफोन १२ जित्ने माैका

<p>काठमाडाैं । इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् । यस्तै यस याेजनाकाे बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा नेपाल लाइफको [&hellip;]</p>

काठमाडाैं । इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ । बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशत देखि एक हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन् ।

यस्तै यस याेजनाकाे बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने छ । कार्तिक मसान्तसम्म सञ्चालन हुने यस योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सक्ने इसेवाले जनाएकाे छ ।

यस याेजनाकाे आइफोन विजेता गोलाप्रथा माध्यमबाट छानिने छ भने बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ताभित्र शुल्क भुक्तानी गर्नुपर्नेछ ।

इसेवाले अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरु सञ्चाजन गर्दै आएको छ ।

 

Share News