बरुण हाइड्रोपावर कम्पनीकाे विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट नियुक्त

<p>काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ । आइतबार उक्त विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर दुई कम्पनीबीच हस्ताक्षर भएकाे छ । उक्त सम्झौता पत्रमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्गको [&hellip;]</p>

काठमाडाैं । बरुण हाइड्रोपावर कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई विक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।

आइतबार उक्त विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर दुई कम्पनीबीच हस्ताक्षर भएकाे छ ।

उक्त सम्झौता पत्रमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट सञ्चालक कृष्ण लाल श्रेष्ठ र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।

Share News