असोज १ गतेसम्ममा सबै समस्या समाधान गर्न नेप्सेलाई निर्देशन

<p>काठमाडौं । अर्थमन्त्रालयले आगामी बिहीबार अर्थात असोज १ गतेसम्ममा सेयर कारोबार सिष्टमको सबै समस्या समाधान गर्न नेप्सेलाई निर्देशन दिएको छ । सोमबार बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकारी चन्द्रसिंह साउदसँग भएको छलफलमा मन्त्रालयले नेप्सेलाई उक्त निर्देशन दिएको हो । पछिल्लो समय नेप्सेको टीएमएस प्रणालीमा बारम्बार समस्या देखिएकाले अर्थमन्त्रालयले सोमबार बोर्ड र नेप्सेका [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्रालयले आगामी बिहीबार अर्थात असोज १ गतेसम्ममा सेयर कारोबार सिष्टमको सबै समस्या समाधान गर्न नेप्सेलाई निर्देशन दिएको छ । सोमबार बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकारी चन्द्रसिंह साउदसँग भएको छलफलमा मन्त्रालयले नेप्सेलाई उक्त निर्देशन दिएको हो ।

पछिल्लो समय नेप्सेको टीएमएस प्रणालीमा बारम्बार समस्या देखिएकाले अर्थमन्त्रालयले सोमबार बोर्ड र नेप्सेका प्रमुखलाई छलफलमा डाकेको थियो । गत बिहीबार र आइतबार लगातार उही समयमा टीएमएस प्रणालीमा समस्या आएको र सेयर कारोबार अवरुद्ध भएकाले लगानीकर्ताले गुनासो गरेसँगै अर्थमन्त्रालयले यस विषयमा चासाे देखाई छलफल गरेकाे हाे ।

यससँगै आगामी आइतबार(असोज ४ गते) देखि नियमित सेयर कारोबारहरु गराउन, आउने दिनहरुमा सफ्टवेयर तथा हार्डवेयरहरुलाई अपग्रेड गराउन समेत मन्त्रालयले निर्देशन दिएको बोर्डका अध्यक्ष ढुङ्गाना बताएका छन् ।

‘छलफलमा आगामी बिहीबारसम्म बजारका सबै समस्या समाधान गर्न नेप्सेलाई निर्देशन दिइएको छ । साथै, समस्या नआउने गरी सेयर कारोबार सञ्चालन गराउने व्यवस्था मिलाउने, सिष्टम अडिट गराउने, भावी दिनमा आउने फरक फरक समस्या समयमै पत्ता लगाई समाधान गर्ने कुरा भएको छ ।’, उनले भने ।

यसका साथै, ब्रोकरको टीएमएसमा आउने समस्यालाई व्यवस्थित गर्ने निर्णय भएको छ । यद्यपि, गत बिहीबार र आइतबारको समस्या भने ब्रोकरकोमा नभइ नेप्सेमा मात्रै भएको उनले जानकारी दिए ।

छलफल कार्यक्रममा नेप्सेका सीईओ साउदले बिहीबारसम्म सबै समस्या समाधान भई आइतबारदेखि सेयर कारोबारमा समस्या नआउने प्रतिवद्धता जनाएका छन् ।

गत बिहाबार र आइतबार खुलेको दुबै दिनको बजारमा टीएमएस प्रणालीमा समस्या आएको थियो । र, सेयर कारोबार पनि करिब दुई घण्टासम्म रोकिएको थियो । पछि समस्याको समाधान आएपछि नेप्सेले कारोबार समयको अवधि थप गरेर साँझ सवा ५ बजेसम्म सेयर बजार खुलाएको थियो ।

उता सीडीएससीले पनि गत बिहीबारको सेयर कारोबारको राफसाफ तत्कालको लागि स्थगित गरेको छ । जुन काम सोमबार(आज) नै हुनुपर्ने थियो ।

सम्बन्धित समाचारः

यसकारण स्थगित भयो बिहीबारको सेयर कारोबार राफसाफ

Share News