एनआईसी एशिया लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) मा आवेदन दिने आइतबार(आज) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै संस्थाले असार १४ गते नै निष्काशन बन्द गर्ने भएको हो । यससँगै इच्छुक लगानीकर्ताले आइतबार बैंकिङ् समयभित्रमा आवेदन दिन सक्नेछन् । हालसम्म ३ लाख ४१ हजार ७ सय ४५ जनाले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) मा आवेदन दिने आइतबार(आज) अन्तिम दिन रहेको छ । उक्त आईपीओमा माग भन्दा बढी आवेदन परेसँगै संस्थाले असार १४ गते नै निष्काशन बन्द गर्ने भएको हो ।

यससँगै इच्छुक लगानीकर्ताले आइतबार बैंकिङ् समयभित्रमा आवेदन दिन सक्नेछन् ।

हालसम्म ३ लाख ४१ हजार ७ सय ४५ जनाले संस्थाको सेयरमा आवेदन दिएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार बिहान ११ बजेसम्ममा उक्त लगानीकर्ताले एक करोड ८८ लाख ४७ हजार ९ सय ८० कित्ता सेयर माग गरेका छन् । सो अवधिसम्ममा एक अर्ब ८८ करोड ४७ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

संस्थाले एक सय अंकित मूल्य रहेको ४७ लाख ५५ हजार कित्ता सेयर बिक्री गरेकाे हाे । जुन नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओ मध्येकै ठूलो हो ।

जसमध्ये २ लाख ३७ हजार ८ सय कित्ता(५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको, ७४ हजार कित्ता(०.५ प्रतिशत) साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने बाँकी ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिनेछ संस्थाले जनाएको छ ।

संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने व्यवस्था रहेकाे थियाे ।

Share News